
काठमाडौं।
नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रबिन्द्र गुप्ता दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेटका अम्पायरमा नियुक्त भएका छन्।
गुप्ता सोमबार भारत प्रस्थान गर्दैछन् र भारतबाटै नोभेम्बर १४ मा श्रीलंका पुग्नेछन्। प्रतियोगिताको उद्घाटन खेल नोभेम्बर ११ (कार्तिक २५) मा भारतको नयाँदिल्लीमा हुनेछ भने फाइनल श्रीलंकाको कोलम्बोमा नोभेम्बर २३ (मंसिर ७) मा हुनेछ।
नेपाल, भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका र इंग्ल्यान्डले पहिलोपटक आयोजना भएको दृष्टिविहीन महिला टि–२० विश्वकपमा सहभागिता जनाउनेछन्।
गुप्ता नेपालबाट सीनियर टोलीको विश्वकप खेल खेलाउने पहिलो अम्पायर बन्ने छन्। उनी भारत र पाकिस्तानबीच हुने खेलमा पनि अम्पायरिङ गर्नेछन्।





