भ्याली भ्यु र ज्ञानोदयको विजय



काठमाडौं।
चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा भ्याली भ्यु र ज्ञानोदयले सिनियर ब्वाइज समूहमा आइतबार सफलता हासिल गरेका छन्।
भ्याली भ्युले एभीएमलाई ३८–११ अंकले हरायो भने ज्ञानोदयले ग्रिन भिलेजलाई २३–१२ ले पराजित गर्‍यो। भ्याली भ्यूपक्षका गणेश विष्टले १५ अंक र ज्ञानोदयका जिरीवतले ८ अंक जोडे।
सिनियर ब्वाइजकै अन्य खेलमा मंगलले बाघभैरवलाई ४६–१४, मगसले क्रिएटिभ एकेडेमीलाई ३१–१८, एलआरआईले ल्याबोरेटरीलाई २४–२१ र स्वर्णिमले न्यु जेनिथलाई २४–१४ ले हराए। मंगलका अनुक महर्जनले २३, मगसका सिमोन रम्जालीले १७ र स्वर्णिमका प्रतिक महर्जनले १३ अंक जोडे।
जुनियर ब्वाइजमा राराहिलले भ्याली भ्युलाई १७–१२ र लिटिल एन्जल्स (एलए) ले रेडियन्ट रिडर्सलाई १८–९ अंकले पाखा लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्