स्किब्स र दुर्गा भवानीको प्रभावशाली जित



काठमाडौं, कार्तिक २३ गते।
१७औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार स्किब्स र दुर्गा भवानी एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै जित दर्ता गरेका छन्।


हात्तीगौडास्थित आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए)को कोर्टमा स्किब्सले काठमाडौं युरोलाई ३८–२१ अंकले पराजित गर्‍यो। स्किब्सका सोहन ठाकुरले खेलमा ८ अंक जोडे। त्यस्तै, कृशल अधिकारीको प्रभावशाली २३ अंकको सहयोगमा दुर्गा भवानीले हिमरश्मिलाई ४०–३४ ले हरायो।
अन्य खेलमा निम्सले बीएमसीएलाई ४८–२५, युरोले ज्ञान निकेतनलाई ३८–३४ र अपीले भीएस निकेतनलाई २१–१७ ले पराजित गरे। निम्सका पीताम्बर मगरले १५ अंक तथा अपीका अविरलले ११ अंक जोडे।
गल्र्स समूहमा युरोले अपीलाई २३–१०, निम्सले हिमरश्मिलाई १५–४ र चेल्सीले एसएमडीलाई १६–७ ले हराए। युरोकी मोना ज्ञवालीले १२ अंक, निम्सकी सुस्मिता दनुवारले ४ अंक र चेल्सीकी आकृशा पाण्डेले ६ अंक योगदान गरिन्।

प्रतिक्रिया दिनुहोस्