काठमाडौंमा आगजनी, लुटपाट र प्रहरी कुटपिटमा संलग्न व्यक्ति पेस्तोलसहित पक्राउ



काठमाडौं । आगजनी, लुटपाट तथा प्रहरी कुटपिट घटनामा संलग्न व्यक्ति पेस्तोलसहित काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महांराजगञ्जको भवनमा २०८२ असोज २४ गते भएको आगजनी, लुटपाट र प्रहरीमाथि कुटपिटसम्बन्धी अनुसन्धानका क्रममा महानगरीय प्रहरी परिसर काठमाडौंले सो घटनामा संलग्न व्यक्तिको खोजी कार्य अघि बढाएको थियो । सोही क्रममा काठमाडौं जिल्ला भोपू गाउँपालिका–२ घर भई हाल चावहिल बस्ने ३६ वर्षीय इन्द्र बहादुर राईलाई असोज २२ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट प्रहरीलाई प्रयोगमा आउने Type 54 पेस्तोल, गोली र पत्रिकासहितका वस्तुहरू फेला परेका छन् । पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टाईले जानकारी दिए ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्यलाई तीव्र पारेको जनाएको छ ।

(स्रोत: जिल्ला प्रहरी परिसर, काठमाडौं)

प्रतिक्रिया दिनुहोस्