
काठमाडौं, कार्तिक २३ गते ।
काठमाडौं महानगरपालिका–१२, टेकुस्थित गल्लीमा प्रहरीले हतियार र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार शुक्रबार साँझ करिब ६ बजे महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले २२ वर्षीय अमर साहनी र २१ वर्षीय ब्रज सुपर साहनीलाई नियन्त्रणमा लिएको हो । उनीहरू सर्लाही जिल्ला, बलरा नगरपालिका–९ निवासी हुन् ।
प्रहरीले उनीहरूबाट नगद ३२ हजार रुपैयाँ, विभिन्न कम्पनीका मोबाइलहरू, Made in USA लेखिएको रिभल्भर, गोली र लागुऔषध बरामद गरेको जनाएको छ । बरामद हतियारमा .३८ बोरका २ राउण्ड गोली, टाइप ७ राइफलका २ राउण्ड गोली र SLR राइफलका २ राउण्ड गोली रहेका छन् ।
पक्राउ परेका दुवै जनामाथि लागुऔषध र हतियार सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।





