
काठमाडौं । नेपाल उमा कुङफु संघको आयोजनामा स्वयम्भूस्थित स्प्रिङसाइन नेसनल स्कुलका खेलाडीहरूको ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ।
उक्त ग्रेडिङमा १८ जना खेलाडीले सहभागिता जनाएका थिए। तिनमध्ये २ जना येलो बेल्ट, १० जना ओरेन्ज बेल्ट र ६ जना ब्राउन बेल्टमा पदोन्नति भएका छन्। नेपाल उमा कुङफु संघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय निर्णायक संजीतकुमार राईका अनुसार आभ्या कपाली र सिमोन थापा येलो बेल्टमा पदोन्नति भएका हुन्।

त्यस्तै, आहरभ थापा सुवाल, इम्मा घले, ग्रेस घले, आरुशकुमार सिंह, सबेक श्रेष्ठ, अग्रदिता श्री, सेजान गुरुङ, कृजन महर्जन, सुहानी पौडेल र सोनाम गुरुङले ओरेन्ज बेल्ट हासिल गरे। यस्तै आरोनिया श्री, सोनिया श्रेष्ठ, हार्दिक कमाती, निमा गुरुङ, ओक्सना कँडेल र सिरियाना मोक्तानले ब्राउन बेल्ट प्राप्त गरे।
ग्रेडिङ कार्यक्रम संघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय निर्णायक रमेश महर्जनको निर्देशनमा सम्पन्न भएको हो। कार्यक्रममा अध्यक्ष राईसहित संघका कोषाध्यक्ष सूर्य तामाङ, ताइची तथा चिगोङ प्रशिक्षक भाइराजा महर्जन, स्कुलकी प्रिन्सिपल सम्झना कर्माचार्य (कपाली), संस्थापक निर्देशक रिजेश कपाली तथा खेलाडीका अभिभावकहरूको पनि उपस्थिति थियो।
सो अवसरमा अध्यक्ष राईले स्प्रिङसाइन नेसनल स्कुलले उमा कुङफु खेलको विकास र विस्तारमा पुर्याएको योगदानको प्रशंसा गर्दै विद्यालयलाई धन्यवाद व्यक्त गरे।






