मोरङमा १ सय किलो अवैध माछा बरामद



मोरङ, कात्तिक २२ गते ।
मोरङ प्रहरीले करिब १ सय किलो अवैध माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मङ्गलबार साँझ करिब ५:३० बजे विराटनगर महानगरपालिका–६ अन्तर्गत केशल्या खोलाको पुलनजिक लुकाइ ल्याइएका माछा नियन्त्रणमा लिइएका हुन्।

प्रहरी टोलीले सो स्थानबाट करिब ५० केजी रहु जातका माछा र ५० केजी मसद्रा माछा बरामद गरेको जनाएको छ। बरामद माछा जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई जनप्रतिनिधिहरूको रोहबरमा नष्ट गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) कोमल चुडालका अनुसार बरामद माछा बिना अनुमति बिक्री वितरण गर्न लागिएको थियो। प्रहरीले यस्ता अवैध माछा बिक्रीविरुद्ध निगरानी बढाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्