दाङमा चौथो राष्ट्रिय स्कुल हाप्किडो प्रतियोगिता हुने



दाङ, कात्तिक २२ गते ।
नेपाल हाप्किडो संघको आयोजनामा चौथो राष्ट्रिय स्कुलस्तरीय हाप्किडो प्रतियोगिता–२०८२ मंसिर १६ देखि २० गतेसम्म दाङको घोराहीमा आयोजना हुने भएको छ ।
दाङ भ्याली कलेज हाप्किडो डोजाङको सहआयोजनामा हुने प्रतियोगितामा सातै प्रदेशका २ सयभन्दा बढी डोजाङका करिब २ हजार विद्यार्थीले सहभागिता जनाउनेछन् ।
संयोजक तथा प्रमुख प्रशिक्षक विशाल थापाका अनुसार विद्यार्थीहरूले व्यक्तिगत र समूहगत रूपमा विभिन्न तौल र उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
घोराहीस्थित दाङ भ्याली कलेजको खेलमैदानमा हुने प्रतियोगिताको उद्देश्य विद्यालयस्तरमै प्रतिभा पहिचान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादन गर्नु रहेको छ ।
समापन समारोहमा उत्कृष्ट खेलाडी र टोलीलाई पदक, प्रमाणपत्र र सम्मान प्रदान गरिनेछ ।
पत्रकार सम्मेलनमा दाङ भ्याली ग्रुपका अध्यक्ष प्रा.डा. बिनबहादुर सिंह वली प्रमुख अतिथि रहेका थिए भने नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, दाङ भ्याली कलेजका प्राचार्य विष्णु बञ्जाडे, संघका उपमहासचिव समिर हलुवाईलगायतले प्रतियोगिताले दाङको खेलकुद, पर्यटन र अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्