
कीर्तिपुर, कात्तिक २२ गते ।
आयोजक पुष्पसदन आवासीय माध्यमिक विद्यालयले चौथो पुष्पसदन कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सिनियर ब्वाइजतर्फ शानदार सुरुआत गरेको छ ।
घरेलु कोर्टमा भएको खेलमा पुष्पसदनले एभीएमलाई ४०–१० ले हरायो । विजेता टोलीका सम्राट लामाले १९ अंक जोडे ।
अन्य खेलमा बाघभैरवले ग्रिन भिलेजलाई १५–९, राराहिलले क्रिएटिभलाई ३२–९ र मगसले लिटिल एन्जल्सलाई ४१–२९ ले पराजित गरे ।
प्रतियोगिताको उद्घाटन पुष्पसदनका संस्थापक एवं निर्देशक महेश श्रेष्ठले निर्णायकलाई बल हस्तान्तरण गरी गरेका थिए ।
तीन विधामा ५१ टिम सहभागी यस प्रतियोगितामा सिनियर ब्वाइजमा १९, जुनियर ब्वाइजमा ७ र गल्र्समा २५ टिम प्रतिस्पर्धा गर्दैछन् । गल्र्सको खेल ‘थ्री बाइ थ्री’ ढाँचामा हुनेछ भने फाइनल मंसिर १ गते हुने बताइएको छ ।







