
काठमाडौं, कात्तिक २२ गते ।
आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) ‘ए’ ले १७औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार ब्वाइजतर्फ दुई खेलमा लगातार जित दर्ता गरेको छ ।
हात्तीगौडास्थित घरेलु कोर्टमा टीआईए ‘ए’ ले पहिलो खेलमा दुर्गा भवानीलाई ५१–३२ ले हरायो, जसमा सुमन नगरकोटीले १९ अंक जोडे । दोस्रो खेलमा टीआईए ‘ए’ ले हिमरश्मिमाथि ४७–३२ को जित निकाल्दा रोशन नगरकोटीले २२ अंक योगदान गरे ।
अन्य खेलमा विल्सन एकेडेमीले ग्रिनल्यान्डलाई ५७–३७ र बीएमसीएले टीआईए ‘बी’ लाई ३३–२२ ले पराजित गरे । विजयी टोलीका रेहान डंगोलले १६ र आलोक कार्कीले १० अंक जोडे ।
गल्र्सतर्फ हिमरश्मिले टीआईए ‘ए’ लाई १४–८ र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले टीआईए ‘बी’ लाई १७–१० ले हराए । हिमरश्मिकी पूर्णिमा कार्कीले ८ र बीएनएकी प्रेमिकाले ११ अंक योगदान गरे ।






