सुदूरपश्चिम रोयल्सको आधिकारिक एपरेल पार्टनर बने डीआरजे



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले आफ्नो आधिकारिक खेल पोशाक (एपरेल) पार्टनरको रूपमा नेपाली ब्रान्ड डीआरजेसँग सम्झौता गरेको छ।

आइतबार सम्पन्न कार्यक्रममा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र चर्चित कपडा ब्रान्ड डीआरजेका मालिक डिल्ली राज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरे।

डीआरजे हाल नेपाली बजारमा निकै लोकप्रिय र चर्चित ब्रान्ड हो। सम्झौताअनुसार, डीआरजेले सुदूरपश्चिम रोयल्सका खेलाडीहरूको लागि उच्च गुणस्तरको जर्सी उपलब्ध गराउने छ।

सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले भने, “खेलाडी र टोली दुवैका लागि उत्कृष्ट गुणस्तरको खेल पोशाक आवश्यक हुन्छ। डीआरजेले उपलब्ध गराउने पोशाकले खेलाडीको प्रदर्शन र आत्मविश्वासमा सकारात्मक प्रभाव पार्नेछ। यस सहकार्यले सुदूरपश्चिम रोयल्सको पोशाकमा उच्च स्तरको गुणस्तर झल्काउने छ।”

डीआरजेका मालिक डिल्ली राज जोशीले भने, “सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा आफ्नै माटोसँग जोडिएको अनुभूति भएको छ। हामी यस सिजन पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने विश्वास गर्छौं।”

यो सहकार्यले नेपाली खेल र स्थानीय ब्रान्डबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्