बिजुलीको करेन्ट लाग्दा महिलाको ज्यान गयो |



झापा । बिर्तामोड नगरपालिका–१० फेसबुक चोककी एक महिलाको बिजुलीको करेन्ट लागेर मृत्यु भएको छ ।

शुक्रबार दिउँसो घरमा विद्युत् मर्मत गर्ने क्रममा ५५ वर्षीया तालामाई मर्डीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घरमा बिजुली बाल्ने क्रममा समस्या देखिएपछि तार हेर्न खोज्दा मर्डीलाई करेन्ट लागेको आशंका गरिएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक सन्तोष राईको नेतृत्वमा खटिएको टोलीले आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्