उर्लाबारीमा लागू औषधसहित एक व्यक्ति पक्राउ



मोरङ । मोरङको उर्लाबारीबाट प्रहरीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ।

मोरङको उर्लाबारी नगरपालिका–७ स्थित गोरख खड्काको घरमा डेरा गरी बस्दै आएका झापा गौरीगञ्ज गाउँपालिका–६ का ४३ वर्षीय मोतिसिंह बर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

लागू औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले बर्मीको कोठामा खानतलासी गर्दा १७ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर (हेरोइन) फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ।

बरामद लागू औषधसहित बर्मीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्