
काठमाडौं, कात्तिक २ गते ।
कुस्ती खेलाडी त्रिलोकीप्रसाद यादवले कजाक कुरेसी एसियाली कुस्ती च्याम्पियनसिपमा सहभागी हुने भएका छन् । काजाकिस्तानको तुर्केस्तान सहरमा यही अक्टोबर २६ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा त्रिलोकीले पुरुष १०० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

टोलीको प्रशिक्षक सञ्जयकुमार यादव रहनेछन् । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कुस्ती संघका अध्यक्ष तथा राखेपका सदस्य प्रकाशकुमार कुसारी र महासचिव खगेन्द्र बस्नेतले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली अक्टोबर २६ तारिखमा प्रस्थान गर्ने कार्यक्रम छ ।





