मलेसिया ओपन तेक्वान्दोका पदक विजेता तथा अफिसियललाई सम्मान



काठमाडौँ ।
मलेसियामा सम्पन्न आठौं जेविन मलेसिया ओपन तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडी तथा अफिसियललाई शनिबार सम्मान गरिएको छ ।

काठमाडौँको डाँछीस्थित नेप्लिज तेक्वान्दो एकेडेमीले आयोजित कार्यक्रममा शंकरापुर अस्पतालका मेडिकल डाइरेक्टर डा. रमेश ढकालले खेलाडी र अफिसियललाई सम्मान गरेका हुन् ।

स्वर्ण पदक विजेतामा केनिश खड्का, गोविन्द योन्जन तामाङ र आयुश बोहरा रहेका छन् भने रजत पदक सन्दीप बस्नेतले जितेका थिए । यस्तै टोलीका प्रशिक्षक श्रीकृष्ण खड्का, व्यवस्थापक गणेशबहादुर खड्का र टोली प्रमुख महेन्द्रराज घिमिरेलाइ पनि सम्मान गरिएको हो ।

एकेडेमीका अध्यक्ष तथा प्रमुख प्रशिक्षक अशोक खड्काले नेपाली खेलाडी र अफिसियलको उत्साहवर्धनका लागि सम्मान गरिएको बताए । उनी सो प्रतियोगितामा निर्णायकको भूमिकामा रहेर उत्कृष्ट निर्णायकको उपाधि प्राप्त गर्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्