चितवनमा साउनयता चार गैँडाको मृत्यु



चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउन महिनादेखि हालसम्म चार वटा गैँडा मृत अवस्थामा फेला परेका छन् । मृत गैँडामध्ये दुई भाले, एक पोथी र एकको पहिचान खुल्न बाँकी रहेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार तीन गैँडाको मृत्यु प्राकृतिक कारणले भएको हो भने एउटा गैँडाको मृत्यु विद्युतीय करेन्ट लागेर भएको हो । पछिल्लो घटनामा अमलटारी क्षेत्रमा करिब २५ वर्षको गैँडा मृत फेला परेको छ । यससँगै चालु वर्ष निकुञ्ज क्षेत्रमा मर्ने गैँडाको संख्या चार पुगेको छ ।

गत आर्थिक वर्षमा मात्र निकुञ्ज क्षेत्रमा २८ वटा गैँडा मरेका थिए । सन् २०२१ मा गरिएको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्