प्रधान सेनापति सिग्देलद्वारा पोखरा पृतना र सैनिक अस्पतालको निरीक्षण



पोखरा, असोज ३१ गते ।
प्रधान सेनापति महारथी अशोक राज सिग्देलले आज पोखरा स्थित श्री पश्चिम पृतना हेडक्वार्टर र त्यसअन्तर्गतका विभिन्न युनिटहरूको निरीक्षण भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा प्रधान सेनापतिले पृतना र युनिटहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति बारे जानकारी लिँदै आवश्यक निर्देशन दिएका थिए । साथै, उनले सकलदर्जालाई सम्बोधन गर्दै देशको सुरक्षा र राष्ट्रिय हितका लागि निरन्तर तत्पर रहनुपर्नेमा जोड दिएका थिए ।

यसै अवसरमा प्रधान सेनापतिले पोखरास्थित सैनिक अस्पतालको समेत निरीक्षण गर्दै अस्पतालका सेवा–सुविधा र स्वास्थ्य व्यवस्थापनका पक्षमा चासो व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्