थाइल्याण्डमा हुने ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल’का लागि दिव्या र दुर्गा तयारीमा



काठमाडौँ । ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल नेपाल २०२५’ को उपाधि क्रमशः दिव्या पात्रा र दुर्गा ढकालले जितेका छन् । ग्रीन आर्ट्स मिडिया प्रालिले बिहीबार साँझ आयोजना गरेको विशेष कार्यक्रममा उनीहरूलाई विजेता घोषणा गरिएको हो।

अब दिव्या र दुर्गा दुबैले आगामी नोभेम्बरमा थाइल्याण्डमा आयोजना हुने ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल २०२५’ मा नेपालको प्रतिनिधित्व गर्नेछन्।

थाइल्याण्डमा हुने सो अन्तर्राष्ट्रिय प्रतियोगिता युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदाहरू रहेको सूचीमा सूचीकृत विश्वका करिब ४० देशका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न हुनेछ। प्रतियोगितामा सहभागीहरूले आफ्ना देशको सांस्कृतिक सम्पदा, कला र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्नेछन्।

सो प्रतियोगिताको आयोजना ई–पालानेट नेपालले गर्दै आएको छ। यस संस्थाले विश्वका कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिको प्रवर्द्धनका उद्देश्यले विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको छ।

प्रतियोगिताकी नेशनल निर्देशक अनिला श्रेष्ठका अनुसार दिव्या र दुर्गालाई व्यक्तित्व, सञ्चारकला, आत्मविश्वास, प्रतिभा, बौद्धिकता, क्षमता र स्टेज प्रस्तुतिलगायत पक्षमा विशेष प्रशिक्षण प्रदान गरिएको छ। श्रेष्ठले ग्रुमिङ कोरियोग्राफर तथा पेजेन्ट कोचको भूमिकामा उनीहरूलाई तयारी गराइरहेकी छन्।

प्रतिक्रिया दिनुहोस्