
काठमाडौं।
नेपाल टेनिस संघको १२औं वार्षिक साधारण सभा शुक्रबार सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। संघका अध्यक्ष मनोहरदास मुलको अध्यक्षतामा सम्पन्न सभामा केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू तथा प्रदेश प्रतिनिधिहरूको भौतिक र भर्चुअल सहभागिता रहेको थियो।

सभामा महासचिव निरेशबहादुर श्रेष्ठले संघले हालसम्म सम्पन्न गरेका गतिविधिहरू र आगामी योजनाबारे विस्तृत जानकारी प्रस्तुत गरे।
गत साउन १० गते सम्पन्न चुनावी साधारण सभाबाट मुलको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको थियो। सो अवसरमा संघका कोषाध्यक्ष जयजीव हाडाले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने कार्यालय सचिव प्रवीण देवकोटाले कार्यक्रमको समापन गरेका थिए।





