च्यासल फुटबल मैदान मर्मत सुरु



काठमाडौं, असोज ३१ गते।
ललितपुरको च्यासलस्थित फुटबल मैदानको मर्मत कार्य सुरु गरिएको छ। असोजको तेस्रो साता परेको भारी वर्षाका कारण मैदानको सतह र संरचनामा क्षति पुगेपछि मर्मत कार्य प्रारम्भ गरिएको हो।

क्षतिको स्थलगत अवलोकन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ च्यासल पुगेका थिए। निरीक्षणका क्रममा उनले तत्काल मर्मत सुरु गर्न ग्राउन्ड स्टाफलाई निर्देशन दिएका थिए।

‘पहिले खेल हुने मुख्य भागलाई प्राथमिकता दिई मर्मत कार्य अघि बढाउनुहोस्, त्यसपछि अन्य भागको काम सुरु गर्नुहोस्,’ घिसिङले निर्देशन दिएका थिए।

निरीक्षणका क्रममा च्यासल युथ क्लबका अध्यक्ष रमेश ब्यञ्जन्कारले मैदानमा पुगेको क्षतिको विस्तृत विवरण सदस्य–सचिव घिसिङलाई प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्