
काठमाडौं, ३१ असोज — नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश सापकोटाले वर्तमान सरकारले माओवादी आन्दोलन र गणतन्त्र पक्षधर नेताहरूलाई धरपकड, सुरक्षा खतरामा पार्ने, विभिन्न आरोप लगाउने तथा कुप्रचार गर्ने काम गरिरहेको भन्दै तीव्र आपत्ति जनाएको छ। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता कार्यहरू तत्काल बन्द गर्न सरकारलाई आग्रह गरे।


सापकोटाले भदौ २३ गतेको आन्दोलनमा पहिरनमा रहेका विद्यार्थीमाथि गोली प्रहार भएको आरोप लगाउँदै दोषीहरूको छानबिन र कारबाही आवश्यक भएको बताए। उनी भन्छन्, “आजको सरकारले भदौ २३ को आन्दोलनमा ड्रेसमै रहेका विद्यार्थीहरुलाई मार्ने, आरोप लगाउने जस्ता काम गरिरहेको छ — यो हामीलाई सह्य छैन।”
उहाँले त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा सम्बन्धमा पनि प्रश्न उठाउँदै सो विषयमा गठित त्रिताल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई माग गरे। सापकोटाका अनुसार त्यो आयोगले तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईलाई प्रतिवेदन बुझाइसकेको थियो तर प्रतिवेदन गायब भएको बताए र त्यसको खोज–अनुसन्धान हुनुपर्ने जोड दिए।
आगामी प्रतिनिधि सभा निर्वाचन तोकिएको मितिअनुसार — फागुन २१ — नै हुनुपर्ने भन्दै सापकोटाले चुनाव विथोल्ने प्रयास भइरहेको र सरकारले र अन्य पक्षहरुले आन्दोलन हाइज्याक गर्ने कोशिस गरेको आरोप लगाए। उनले सबै पक्षले संविधान र जनादेशप्रति प्रतिबद्ध भएर तोकिएको मितिमा चुनाव हुन दिनुपर्ने आह्वान पनि गरे।





