
झापा । मेचीनगर नगरपालिका–१५ निलकोठीमा करेन्ट लाग्दा एक व्यक्तिको मृत्यु भएको छ ।
स्थानीय ४२ वर्षीय सन्तोष लिम्बू घर नजिकैको टिमाई नहरमा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा बिहीबार अचानक करेन्ट लागेर बेहोस भएका थिए ।
उनीलाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।
घटनापछि इलाका प्रहरी कार्यालय धुलाबारीबाट टोली खटाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





