खोलामा डुबेर तीन बालिकाको ज्यान गयो



झापा । गौरादह नगरपालिका–९ सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।
मृतकमा स्थानीय अञ्जु मगरकी छोरीहरू सात वर्षीया सुष्मा मगर र नौ वर्षीया स्वीकृति मगर तथा निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तीनै बालिका आज दिउँसो माछा मार्ने क्रममा खोलामा डुबेका थिए । प्रहरीका अनुसार घटनास्थलमा टोली पुगिसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्