टेबल टेनिस एक्सचेन्ज कार्यक्रम सम्बन्धी सम्झौतापर्थ (अष्ट्रेलिया) ।



स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी र टेबलटेनिस वेस्टर्न अस्ट्रेलियाबीच टेबल टेनिस एक्सचेन्ज कार्यक्रमका लागि तीन वर्षे सम्झौता भएको छ । सम्झौता अनुसार दुवै संस्थाले खेलाडी तथा प्रशिक्षक आदान–प्रदान, तालिम, प्रतियोगिता सहभागिता र प्रविधिक सहयोग जस्ता कार्यक्रमहरू संयुक्त रूपमा सञ्चालन गर्नेछन् ।

सम्झौतामा स्ट्यागका अध्यक्ष राकेश महर्जन र टेबलटेनिस वेस्टर्न अस्ट्रेलियाका अध्यक्ष सिन स्वेले हस्ताक्षर गरेका हुन् । पर्थस्थित टेबलटेनिस वेस्टर्न अस्ट्रेलियामा सम्पन्न कार्यक्रममा अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनको उपस्थिति थियो ।

स्ट्यागले यो सम्झौताले अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान, खेलकुद सम्बन्ध सुदृढीकरण र टेबल टेनिसको विकासमा नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्