लुम्बिनी लायन्सले अष्ट्रेलियाका डार्शी शर्टलाई अनुबन्ध गर्‍यो



काठमाडौं, असोज ३० । आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी लायन्सले अष्ट्रेलियाका क्रिकेटर डार्शी शर्टलाई अनुबन्ध गरेको छ।

लुम्बिनी लायन्सले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अष्ट्रेलियाको प्रतिनिधित्व गरिसकेका बाँयाहाते ओपनिङ ब्याटर शर्टसँग सम्झौता सम्पन्न भएको जानकारी दिएको हो। सन् २०१८ देखि २०२० सम्म उनले अष्ट्रेलियाको तर्फबाट टी–२० अन्तर्राष्ट्रिय र एकदिवसीय खेल खेलेका थिए।

३५ वर्षीय शर्टले अष्ट्रेलियाको बिग ब्यास लिग (BBL) र भारतको इन्डियन प्रिमियर लिग (IPL) लगायतका विश्वस्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेका छन्।

लुम्बिनी लायन्सले शर्टको आगमनले टोलीको ब्याटिङ लाइनअप थप बलियो हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्