नेपाल टेलिकमले ‘Recurring Sajilo Unlimited Package’ सञ्चालनमा ल्यायो



काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम पोस्टपेड ग्राहकका लागि ‘Recurring Sajilo Unlimited Package’ सञ्चालनमा ल्याएको छ । ग्राहकको माग र सुविधालाई ध्यानमा राख्दै टेलिकमले मिति २०८२ असोज ३१ गतेदेखि यो सेवा लागू गर्ने निर्णय गरेको हो ।

अब पोस्टपेड सेवाका सबै सजिलो अनलिमिटेड प्याकेजहरू (६९९, ७९९, ९९९, १४९९ र एक्जेक्युटिभ प्याक) स्वचालित रूपमा Renew हुनेछन् । अर्थात्, प्याकेजको समयावधि समाप्त भएपछि उक्त प्याकेज स्वतः पुनः खरिद हुनेछ ।

टेलिकमका अनुसार पहिलो पटक प्याकेज लिँदा अंग्रेजी महिनाको १५ तारिखलाई आधार मानेर Pro-Rate प्रणालीमा रकम काटिनेछ । त्यसपछि हरेक अंग्रेजी महिनाको १५ तारिखमा स्वचालित रूपमा सोही प्याकेज Renew हुनेछ ।

यदि सो दिनमा ग्राहकको क्रेडिट लिमिट पर्याप्त नभएमा सेवा अस्थायी रूपमा बन्द हुनेछ र भुक्तानी गरेपछि मात्र पुनः सुचारु हुनेछ ।

ग्राहकले आवश्यकता अनुसार बढी वा कम सुविधायुक्त अन्य Recurring Package वा सामान्य SMS/Data प्याकेज पनि खरिद गर्न सक्नेछन् । एउटा Recurring Package सक्रिय रहँदा अर्को प्याकेज खरिद गरेमा उक्त प्याकेज Pending अवस्थामा रहनेछ र आगामी महिनाको १५ तारिखमा मात्र Active हुनेछ ।

सेवा बन्द गर्न चाहने ग्राहकले “GSM Postpaid Offer (Rs. 300)” सब्स्क्राइब गरी Recurring Service निष्क्रिय गर्न सक्नेछन् ।

ग्राहकले Recurring Sajilo Unlimited Package सुचारु गर्नका लागि मोबाइलबाट 14152*4# डायल गर्न सक्नेछन् । थप जानकारीका लागि टेलिकमको हेल्पलाइन १४९८ मा सम्पर्क गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्