मोरङमा लत्ता कपडा र किराना सामान बरामद



मोरङ । मोरङ प्रहरीले ठूलो परिमाणमा लत्ता कपडा र किराना सामान बरामद गरेको छ ।

मंगलबार बिहान करिब १० बजे विराटनगर महानगरपालिका–७ स्थित ब्वाङचौक नजिकै प्रहरीले नियमित चेकजाँचका क्रममा उक्त सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सो समयमा प्रहरीले अवैध रूपमा ल्याइएका लत्ता कपडा र किराना सामान बरामद गरेको जनाएको छ ।

बरामद गरिएको सामानमा लत्ता कपडाको मूल्य करिब ३ लाख ५७ हजार ८० रुपैयाँ र किराना सामानको मूल्य १ लाख ७३ हजार ८० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

सामानसहित संलग्न व्यक्तिहरू फरार रहेको र आवश्यक अनुसन्धानका लागि बरामद सामान राजश्व कार्यालय विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब निरीक्षक कोमिला खड्काका अनुसार उक्त सामान हरियो टोलमा चेकजाँचको क्रममा फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्