एनआरएनए वेस्टर्न अष्ट्रेलियाद्वारा नेपाली टेबलटेनिस टोली सम्मानित



पर्थ (अष्ट्रेलिया)।


डब्लुटीटी युथ कन्टेन्डर प्रतियोगितामा सहभागी नेपाली टेबलटेनिस टोलीलाई एनआरएनए वेस्टर्न अष्ट्रेलियाले सम्मान गरेको छ।
अक्टोबर ८ देखि ११ तारिखसम्म पर्थमा सम्पन्न प्रतियोगितामा सहभागी खेलाडी आर्यन शाही, प्राज्ना महर्जन, सुरम्या शाक्य, प्रशिक्षक राकेश महर्जन र टोली व्यवस्थापक ज्याकी महर्जनलाई सम्मान गरिएको हो।
सम्मान कार्यक्रमका प्रमुख अतिथिहरूमा एनआरएनए वेस्टर्न अष्ट्रेलियाका स्टेट को–ओर्डिनेटर हरिवंश सन्जेल, अध्यक्ष नवीन भण्डारी, नेपाली एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलियाका पूर्व अध्यक्ष आङ दावा शेर्पा र टेबलटेनिसका पूर्व नेपाल च्याम्पियन अजय सुवाल रहेका थिए।
नेपाली टोली अब अक्टोबर १४ देखि १८ तारिखसम्म थाइल्यान्डमा हुने प्रशिक्षण शिविरमा सहभागी हुन जानेछ।

प्रतिक्रिया दिनुहोस्