मोरङमा एक लाख ५ हजार बराबरका अवैध पटका बरामद



मोरङ । मोरङ प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका पटका बरामद गरेको छ । मोरङको बेलबारी नगरपालिका–७ ठक्कर चौकस्थित क्षेत्रबाट प्रहरीले करिब एक लाख पाँच हजार रुपैयाँ मूल्य बराबरका पटका नियन्त्रणमा लिएको हो ।

मिति २०८२ असोज २७ गते विहान ९ः४५ बजे इलाका प्रहरी कार्यालय सिञ्चुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट ल्याइएका पटका लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बरामद गरिएका पटका आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिञ्चुवामा राखिएको छ भने फरार व्यक्तिहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

(सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कोपिला चुदालका अनुसार)

प्रतिक्रिया दिनुहोस्