मोरङमा एक लाख ६८ हजार बराबरका अवैध लत्ता कपडा बरामद



मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका लत्ता कपडा बरामद गरेको छ ।

मोरङको विराटनगर महानगरपालिकाको विभिन्न स्थानबाट ल्याइएका कपडाको अनुमानित मूल्य एक लाख ६८ हजार २०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ । अवैध रूपमा ल्याइएका ती कपडा प्रहरीले मिति २०८२ असोज २६ गते साँझ ५ः४५ बजे नियन्त्रणमा लिएको हो ।

बरामद गरिएका कपडा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोलीले रानीस्थित भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यो कार्य अवैध सामानको ओसारपसार नियन्त्रण गर्ने नियमित अभियानअन्तर्गत गरिएको हो ।

(सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कोपिला चudalका अनुसार)

प्रतिक्रिया दिनुहोस्