घमबहादुर थापाद्वारा विश्व आईटीएफ च्याम्पियनसिपमा निर्णायक भूमिका




काठमाडौं ।
आईटीएफ तेक्वान्दोका अन्तर्राष्ट्रिय अम्पायर तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका महासचिव घमबहादुर थापाले इटालीको जेसोलोमा सम्पन्न २३औं आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा निर्णायकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छन् ।

अक्टोबर ३ देखि सुरु भई आइतबार सम्पन्न उक्त प्रतियोगिताका लागि आईटीएफ अम्पायर कमिटीले थापासहित विभिन्न देशका ८० जना अम्पायर छनोट गरेको थियो । थापा यसअघि सन् २०१९ मा बुल्गेरियामा भएको २१औं संस्करणमा पनि निर्णायकको भूमिकामा रहेका थिए ।

थापाले यसअघि दक्षिण एसियाली, एसियाली, विश्वकप तथा अन्य महाद्वीपीय प्रतियोगिताहरूमा पनि निर्णायकको रूपमा प्रतिनिधित्व गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्