मनुष्मारा नदीमा डुबेर युवकको मृत्यु |



सर्लाही । बलरा नगरपालिका–१० सुदामा हुँदै बग्ने मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

आज बिहान नदीमा नुहाउने क्रममा सोही वडाका २८ वर्षीय विवेक चौधरीको डुबेर मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिएका छन् ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्