
काठमाडौँ । इराकका लागि नेपालका राजदूत घनश्याम लम्सालले इराकका राष्ट्रपति डा. अब्दुल्लातिफ जमाल रसिदसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनले प्रमाणपत्र पेश गरेका हुन् ।
सो अवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्य तथा इराकी जनताको निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।
प्रत्युत्तरमा राष्ट्रपति रसिदले राजदूत लम्साललाई बधाई ज्ञापन गर्दै राष्ट्रपति पौडेलको व्यक्तिगत सुख, सुस्वास्थ्य र नेपाली जनताको समृद्धिको कामना गरेका छन् ।
राजदूत लम्साल कुवेतका लागि नेपालका आवासीय राजदूतसमेत रहेका छन् ।





