बाढीपहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज बनाउन प्रदेश सरकारको पहल |



विराटनगर । कोशी प्रदेश सरकारले हालैका बाढी र पहिरोबाट प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज बनाउन चिकित्सक टोली परिचालन गर्ने तयारी गरेको छ ।

प्रादेशिक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी डा. केनीन राईका अनुसार मन्त्रालय, स्वास्थ्य निर्देशनालय र आपूर्ति व्यवस्थापन विभागका प्रतिनिधिहरू सहितको टोली आज बिहानै इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लातर्फ प्रस्थान गर्न तयार छ ।

टोलिले प्रभावित क्षेत्रमा स्वास्थ्य अवस्था मूल्याङ्कन गर्ने, महामारी तथा कीटजन्य रोग फैलिन नदिन सचेतना दिने र पीडितको स्वास्थ्य समस्या बुझेर आवश्यक सहयोग प्रदान गर्नेछ । साथै, टोलीले क्षतिको विवरण पनि संकलन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्