
भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ ओख्रेबाट एक सुत्केरी महिला र उनको नवजात शिशुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
स्थानीय ३९ वर्षीया निर्मला राईले ओख्रे स्वास्थ्य चौकीमा समय अगावै शिशालाई जन्म दिएकी थिइन् । शिशुलाई अक्सिजनसहित थप उपचार आवश्यक परेपछि उनीहरूलाई हेलिकप्टरमार्फत सुनसरीस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको हो ।
ओख्रे स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी सङ्गीता राईका अनुसार लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा भौतिक रूपमा बिरामीलाई स्थलमार्गबाट पठाउन नसकिएको र हवाई उद्धारमार्फत् उपचारका लागि पठाइएको हो ।





