
उदयपुर । अविरल वर्षाको कारण खसेको पहिरोले अवरुद्ध बनेको सिद्धिचरण राजमार्गअन्तर्गत कटारी–घुर्मी सडकखण्ड सञ्चालनमा आएको छ ।
गत शुक्रबार साँझ पहिरो खसेपछि सो सडकमा यातायात आवागमन रोकिएको थियो । सडक विभाग, प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा पहिरो पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
सोमबारदेखि सिरहाको मिर्चैया हुँदै कटारी–घुर्मी मार्गमार्फत ओखलढुंगा र खोटाङ जाने सवारी आवतजावत सुचारु भएको इलाका प्रहरी प्रमुख कमल बजगाईंले जानकारी दिए । उनले सडकमा रात्रिकालीन सवारी सञ्चालन भने निषेध गरिएको बताए ।





