अस्ट्रेलियामा हुने प्रतियोगिताका लागि नेपाली टेबलटेनिस टोली प्रस्थान




काठमाडौं ।
डब्लुटीटी युथ कन्टेन्डरमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टेबलटेनिस टोली अस्ट्रेलियाको पर्थ प्रस्थान गरेको छ ।

अक्टोबर ८ देखि ११ तारिखसम्म हुने उक्त प्रतियोगितामा आर्यन शाही, सुरम्या शाक्य र प्राज्ना मानन्धरले प्रतिस्पर्धा गर्ने छन् । टोलीमा अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जन अफिसियल र राकेश महर्जन प्रशिक्षकका रूपमा छन् ।

प्रतिक्रिया दिनुहोस्