
काठमाडौँ, असोज १४ ।
मलेसियाको क्वालालम्पुरमा हुन लागेको डब्लुकेएफ कराते वान सिरिज एमा सहभागी हुन नेपाली कराते टोलीले दसैंमा समेत प्रशिक्षणलाई निरन्तरता दिइरहेको छ।
टोली बुधबार मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ। मलेसिया कराते महासंघको आयोजनामा अक्टोबर ३ देखि ५ सम्म हुने सो प्रतियोगितामा चार महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।
प्रतिस्पर्धामा एरिका गुरुङ (६८ केजीमाथि), वर्षा बुढा मगर (५० केजीमुनि), सविना श्रेष्ठ (५५ केजीमुनि) र सानुमाया थिङ (एकल काता) सहभागिता जनाउनेछन्। प्रशिक्षकमा कुशल श्रेष्ठ र निर्णायकमा तारा गुरुङ रहेका छन्।





