
चितवन, असोज १२ ।
नेपाल तेक्वान्दो संघको पाँचौँ केन्द्रीय अधिवेशनले दिपराज गुरुङलाई अध्यक्षमा चयन गरेको छ । नयाँ कार्यसमितिमा १९ सदस्य चयन भएका छन् ।
उपाध्यक्षमा नन्दकुमार राई, दिलबहादुर ओली र भानबहादुर चन्द निर्वाचित भए भने कोषाध्यक्षमा कासिम मिया धोबीले जिम्मेवारी पाएका छन् । अन्य सदस्यमा कोशिष खड्का, रवि थापा, मदन केसी, नन्दा बस्याल, गुरुप्रसाद गौतम, कुमार लामा घिसिङ, सुमन पराजुली, टिकाप्रसाद लिम्बू, श्रीमान थापा मगर, रामचन्द्र श्रेष्ठ, विजयकुमार न्यौपाने, बब्लु सिवाकोटी, हेमन्त डाँगी र प्रेमबहादुर भण्डारी चयन भए ।
अधिवेशन चितवनमा सम्पन्न भएको थियो, जसको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामीले गरेका थिए ।





