नेपाली कराते टोली मलेसिया प्रस्थान गर्दै



काठमाडौँ, असोज १२ ।
डब्लुकेएफ कराते वान सिरिज एमा सहभागिता जनाउन नेपाली कराते टोली बुधबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने भएको छ । अक्टोबर ३ देखि ५ तारिखसम्म मलेसिया कराते महासंघको आयोजनामा हुने प्रतियोगितामा ४ महिला खेलाडीले नेपाललाई प्रतिनिधित्व गर्नेछन् ।

एरिका गुरुङ ६८ केजीमाथि, वर्षा बुढा मगर ५० केजीमुनि, सविना श्रेष्ठ ५५ केजीमुनि र सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्नेछन् । टोलीलाई प्रशिक्षक कुशल श्रेष्ठले नेतृत्व गर्नेछन् भने तारा गुरुङ निर्णायकको भूमिकामा रहनेछिन् ।

खेलाडीलाई सफलताको शुभकामना दिंदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले आइतबार बिदाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्