
म्याग्दी । बेनी नगरपालिका–८ कालीपुलमा टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खसेर एक युवक बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार कालीकोटको शुभकालिका गाउँपालिका–८ का करिब २२ वर्षीय सदान्द पोखरेल आइतबार नदीमा खसेका हुन्।
कालीपुल बसपार्कस्थित गण्डकी होटल एण्ड रेष्टुरेन्ट पछाडिबाट नदी किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर पोखरेल कालीगण्डकीमा बगेको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए। हाल उनको खोजी कार्य जारी रहेको छ।
पोखरेल म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको ठूलोखोला जलविद्युत् आयोजनामा कार्यरत थिए। खोजतलासका लागि प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।





