
राजा ज्ञानेन्द्र शाहलाई निरंकुश र तानाशाह भनेर चित्रण गरिएको भए पनि वास्तविकता फरक छ। मुलुकका ६०१ सभासद, ८८४ सांसद र केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, गगन थापा, माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताहरू नै निरंकुश र तानाशाही स्वभावका हुन्।
इतिहासका गम्भीर दुर्घटनामा पनि नेताहरू र सांसदहरूले आत्मसमिक्षा गर्न सकेका छैनन्। अब जेन–जी पुस्ताका युवाहरूले प्रश्न गर्नुपर्ने बेला आएको छ—निरंकुश र तानाशाह राजा ज्ञानेन्द्र हुन् कि दलीय नेताहरू?
घरका अभिभावकहरूले युवापुस्तालाई राजसंस्थाबारे भ्रम फैलाउँदै राजा ज्ञानेन्द्रलाई निरंकुश भनेर बुझाउन खोजे। तर, वास्तविकता स्पष्ट पार्ने काम आजको पुस्ताले नै गर्नुपर्छ।
भाद्र २३ को आन्दोलन र दमन
वि.सं. २०८२ साल भाद्र २३ गते केपी शर्मा ओली नेतृत्वको सरकार र दलगत नेताहरूको अराजकता, विकृति, बेथिति र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताका युवाहरू सडकमा उत्रिएका थिए। तर, सरकारको दमन र ज्यादतीका कारण ७४ भन्दा बढी युवाले ज्यान गुमाए र हजारौँ घाइते भए। यस घटनाले ओली नेतृत्वको सरकारलाई ‘हत्यारा सरकार’ को रूपमा चिनायो।
इतिहासकै गम्भीर क्षणमा समेत केही सांसद र नेताहरूले आत्मग्लानी प्रकट गर्ने साटो सामाजिक सञ्जालमा जथाभावी अभिव्यक्ति दिए। “जो चोर, उसैको ठूलो स्वर” भन्ने उक्ति यिनै नेताहरूसँग मेल खान्छ।
अघिल्ला आन्दोलन र द्वन्द्वकालीन तथ्य
वि.सं. २०६२/६३ सालमा राजा ज्ञानेन्द्रको शासनकालविरुद्ध भएको जनआन्दोलनमा जम्मा १९ जनाले ज्यान गुमाएका थिए। तीमध्ये धेरैजना अप्रत्याशित रूपमा गोली लागेर मृत्यु भएका हुन्, जानीजानी मारिएका होइनन्।
तर, भाद्र २३ को आन्दोलनमा मात्र ७४ भन्दा बढी युवाको बलिदान भएको छ। त्यस्तै, माओवादी द्वन्द्वकालमा पुष्पकमल दाहाल, बाबुराम भट्टराई, कृष्णबहादुर महरा, वर्षमान पुन, नन्दबहादुर पुन, अग्नी सापकोटा लगायतका नेताहरूको नेतृत्वमा पचासौँ हजार नागरिकको हत्या र हजारौँ घाइते भएका थिए। यी तथ्यले प्रष्ट पार्छन्—राजा ज्ञानेन्द्र शाह होइन, दलका नेताहरू नै निरंकुश र तानाशाह हुन्।
प्रजातन्त्रको नाममा दुरुपयोग
म राकेशकुमार शर्मा प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र विरोधी होइन। तर, नेपालको वास्तविकता के हो भने—६०१ सभासद, ८८४ सांसद र ठूला दलका नेताहरूले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र संविधानलाई दुरुपयोग मात्र गरे। उनीहरूले यही नाममा जनतालाई भ्रममा पारे र धोका दिए।
नेपालमा आज कुनै वास्तविक कम्युनिस्ट वा माओवादी छैनन्। कम्युनिस्ट र माओवादीको नाम भजाउने नेताहरू वास्तवमा सत्ता र स्रोत लुट्नेहरू मात्र हुन्। कालमार्क्स, लेनिन, स्टालिन र माओत्से–तुंगको नाममा जनतालाई झुक्याउने र भुलाउने काम गरिएको छ।





