गरिमा क्यापिटलको अध्यक्षमा अनिल रेग्मी चयन



काठमाडौँ । गरिमा क्यापिटलको नयाँ अध्यक्षमा अनिल रेग्मी निर्वाचित भएका छन् ।

बिहीबार काठमाडौँको लेमन ट्री होटलमा सम्पन्न १०औँ वार्षिक साधारणसभाबाट सञ्चालक निर्वाचित भएका रेग्मीलाई बोर्डको पहिलो बैठकले अध्यक्षमा चयन गरेको हो ।

साधारणसभाबाट संस्थापक सेयर सदस्यहरूको तर्फबाट रेग्मी सहित सुरेशकुमार श्रेष्ठ, शेरबहादुर बुढाथोकी र सुनिल कार्की सञ्चालक पदमा निर्वाचित भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गरिमा विकास बैंकका संस्थापक अध्यक्ष जलेश्वर पाण्डेले क्यापिटलको विगत स्मरण गर्दै यसलाई आजको अवस्थामा ल्याउन हालको टिमको ठूलो योगदान रहेको बताए । त्यस्तै, गरिमा विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाणले नेपालको परिस्थिति अनुसार गरिमा ग्रुप सञ्चालन भएकाले यसअन्तर्गतका सबै व्यवसायहरू प्रगतिपथमा अघि बढिरहेको धारणा राखे ।

त्यस अवसरमा क्यापिटलका पूर्व अध्यक्ष दिपक पाण्डेले आठ वर्षसम्म संस्थालाई नेतृत्व गर्दै आएको अनुभव तथा भोगाइहरू सेयर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्