गृहमन्त्री अर्याल : ‘म्याण्डेट पूरा गर्न नसके सरकारमाथि प्रश्न उठ्छ’ |



काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणलाई प्रमुख एजेन्डा बनाएर अघि बढ्ने स्पष्ट बताएका छन् । मन्त्रिपरिषद्को बैठकपछि आज सिंहदरबारमा सञ्चारकर्मीलाई जानकारी दिँदै उनले सरकार गठनको उद्देश्य छ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने ‘म्याण्डेट’ पनि रहेको उल्लेख गरे ।

उनका अनुसार, यदि सरकारले तोकिएको उद्देश्य हासिल गर्न सकेन भने स्वाभाविक रूपमा प्रश्न उठ्नेछ ।

जेनजी प्रदर्शनका क्रममा भएका घटनाको छानबिनका लागि आयोग गठन भइसकेको जानकारी दिँदै गृहमन्त्री अर्यालले आयोगको सिफारिसअनुसार नै सरकारले कदम चाल्ने बताए । उनले भने, ‘‘अनुसन्धान गर्ने निकायले जुन सिफारिस गर्छ, सरकार त्यसैअनुसार अघि बढ्छ ।’’

प्रतिक्रिया दिनुहोस्