तीन मन्त्रालयमा हटलाइन सेवा सुरु



काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएका ढिलासुस्ती, घुसखोरी, मोलमोलाहिजा र अन्य भ्रष्टाचारजन्य गतिविधि रोक्न नयाँ हटलाइन नम्बर सञ्चालनमा ल्याइएको छ।

अब सेवाग्राहीहरूले मन्त्रालयका विभाग, आयोजना तथा मातहतका कार्यालयमा काम पन्छाउन ढिलाइ, घुस माग, अनावश्यक दुःख दिने वा अपमानजनक व्यवहार भएमा प्रत्यक्ष गुनासो गर्न सक्नेछन्।

गुनासो सम्पर्क विवरण:

  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय: ०१–४२११५११ वा हटलाइन ११५१
  • सहरी विकास मन्त्रालय: ०१–४२०००१
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय: ०१–४२११७२

तीनै मन्त्रालयका गुनासोहरू [email protected] मा पनि पठाउन सकिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्