गुप्ता प्रमुख प्राविधिक समिति प्रमुख र म्याच रेफ्री नियुक्त



काठमाडौं, असोज ९ गते ।
नेपाली राष्ट्रिय अम्पायर रविन्द्र गुप्ता पाकिस्तान र अफगानिस्तानबीच हुने २०२५ व्हिलचेयर क्रिकेट सिरिजका लागि प्रमुख प्राविधिक समिति प्रमुख तथा म्याच रेफ्री नियुक्त भएका छन् ।

सेप्टेम्बर २९ देखि अक्टोबर २ तारिखसम्म पाकिस्तानको कराँचीमा हुने यस सिरिजमा गुप्ताले सम्पूर्ण प्राविधिक पक्षको नेतृत्व गर्नेछन् । अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै यस्तो जिम्मेवारी पाउने नेपालीहरु कमै हुने भएकाले उनको यो भूमिका महत्वपूर्ण मानिएको छ ।

गुप्ताले नियुक्तिपछि नेपाली क्रिकेट समुदाय र आफ्ना लागि यो अवसर गौरवको विषय भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्