
विराटनगर, असोज ८ गते ।
मोरङको विराटनगर महानगरपालिका–१४, पामलस्थित राजेश रमणिकारको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा चार जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले मंगलबार राति करिब १० बजे गरिएको चेकजाँचमा उनीहरूलाई तास खेलिरहेको अवस्थामा फेला पारेको हो । पक्राउ परेकासहित प्रहरीले १ बुक तास, नगद रु. ८५ हजार ९८५, तीनवटा मोटरसाइकल र तीन थान मोबाइल फोन बरामद गरेको छ ।
पक्राउ परेकाहरुको विवरण :
१. सानु खवास (४२ वर्ष), विराटनगर–१४
२. राजेश रमणिकार (४५ वर्ष), सोही ठाउँका (घरधनी)
३. प्रकाश थापा (४२ वर्ष), विराटनगर–१४
४. कैलाश डंगोल (५९ वर्ष), विराटनगर–१६
बरामद सामग्री सहित पक्राउ परेकालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरीले जनाएको छ ।





