अन्तर्राष्ट्रिय कराते पदक विजेता खेलाडी सम्मानित



काठमाडौं।
दक्षिणकाली नगरपालिका–८, छैमलेस्थित भत्तेचौर सितोरियो कराते डोजोले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेको छ। विजयीदशमीको अवसर पारेर आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा खेलाडीहरूलाई सम्मान गरिएको हो।
सम्मानित खेलाडीमा एरिका गुरुङ, सन्तोष श्रेष्ठ, सविना श्रेष्ठ, वर्षा बुढा मगर, स्वनिम मानन्धर, सानुमाया थिङ, मनीष कार्की, सन्जु देशार, निरुपमा डोङ तामाङ, अन्जली महर्जन, एलोन श्रेष्ठ, मिनबहादुर तामाङ, मोहम्मद शेखु आलम, तेन्जिङ शेर्पा, प्रदीप बैजाली मगर, लिजन साउद र एलिशा रास्कोटी मगर रहेका छन्।
यस्तै, प्रशिक्षक कुशल श्रेष्ठ, मन्डेकाजी श्रेष्ठ, अमिर राना र अन्तर्राष्ट्रिय निर्णायक तारा गुरुङलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा डोजोका अध्यक्ष कृष्णकुमार पौडेल, संरक्षक सुदिप आचार्य, सल्लाहकार विष्णु बाँस्तोलालगायतले खेलाडी र प्रशिक्षकलाई सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्