विश्व पारा एथलेटिक्समा प्रभा आङदेम्बे र हिमाल अर्याल सहभागी



काठमाडौं।
भारतको नयाँ दिल्लीमा यही सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म हुने विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
पुरुषतर्फ हिमाल अर्यालले एफ–५५ क्याटगोरीको सटपुटतर्फ प्रतिस्पर्धा गर्ने छन् भने महिलातर्फ प्रभा आङदेम्बेले टी–४७ क्याटगोरीको लङ जम्पतर्फ सहभागिता जनाउनेछिन्।
दुवै खेलाडी विपरटाइटमार्फत सोझै च्याम्पियनसिपका लागि छनोट भएका हुन्। प्रभाले यसअघि सन् २०२५ मा नयाँ दिल्लीमै सम्पन्न विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा ऐतिहासिक रजत पदक जितेकी थिइन्।
टोलीमा पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटी (अधिकारी), व्यवस्थापक सचिव साङबु भोटे रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार सातदोबाटोमा बिदाइ गरे। अध्यक्ष सिवाकोटी केही दिनपछि टोलीसँग भारत प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्