
काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैंलाई लक्षित गर्दै गायिका समिक्षा अधिकारी र गायक अशोक अर्यालको स्वरमा रहेको मौलिक गीत “आयो दशैं” सार्वजनिक भएको छ।
गीतका शब्द अशोक अर्यालले लेखेका हुन् भने संगीत राजु अर्यालले तयार पारेका छन्। बिनोद बाजुरालीको एरेन्ज, खडक बाजुरालीको मास्टरिङ तथा सागर बाजुरालीले मालाश्री स्टुडियोमा गरेको रेकर्डिङले गीतलाई उच्च स्तरमा प्रस्तुत गरेको बताइएको छ।
गायिका अधिकारीले दशैंको उत्सवमय माहोललाई गीतमार्फत प्रस्तुत गरिएको भन्दै यस गीतले श्रोता–दर्शकको मन जित्ने आशा व्यक्त गरेकी छन्।

गीतको भिडियोमा अशोक अर्याल र प्रतिमा अर्यालको अभिनय रहेको छ। भिडियो प्रतिमा अर्यालले निर्माण गरेकी हुन् भने निर्देशन तथा कोरियोग्राफी शिव बी.के. ले गरेका छन्। छायांकन पशुपति बस्यालले र सम्पादन नविन घर्ती मगरले गरेका छन्।
👉 video link :
https://www.youtube.com/embed/1I_I8FX23Hc?si=9Yy4yLbBMgl2RxIA





